भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य

No ads found for this position
No ads found for this position

काठमाडौँ- भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो ।

भारतका लागि सचिन दासले ११६ रनको र कप्तान उदय सहरनले १०० रनको शतकीय पारी खेलेका थिए । त्यस्तै आदर्श सिंहले २१, प्रियांशु मोलियाले १९ तथा आर्शिन कुल्करनीले १८ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलर गुलशन झाले ३ विकेट लिएका थिए भने आकाश चन्दले एक विकेट लिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *