काठमाडौं नछाड्न सांसदहरूलाई कांग्रेसको निर्देशन
No ads found for this position
No ads found for this position
काठमाडौं- कांग्रेस संसदीय दलको बैठकले आफ्ना सांसदहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ।
आज बसेको संसदीय दलको बैठकले संसद् र संसदीय समितिको बैठकमा अनिर्वाय उपस्थिति हुनुपर्ने भन्दै उपत्यका नछाड्न भनेको हो।
संसदको अधिवेशन चल्दासम्म सदस्यहरूले राजधानी नछाड्ने र राजधानी छाड्नुपर्यो भने दलको प्रमुख सचेतक र सचेतकबाट लिखित स्वीकृति लिएरमात्रै छाड्न निर्देशन जारी भएको प्रमुख सचेतक रमेश लेखकले बताए।
संसद्को हिउँदे अधिवेशन आगामी माघ २२ गते दिउँसो ४ बजेको लागि बोलाइएको छ।
प्रतिक्रिया