भृकुटीमण्डपमा अहिले सम्मकै ठुलो सूचना-प्रविधि मेला सुरु (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना र प्रविधि सम्बन्धी कानुनको तयारी गरिरहेको बत्ताएकी छिन्।

बिहीबार काठमाडौंमा आयोजित एस पावर कम्प्युटर एसोसिएसन नेपालको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। उनले सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको बताइन् ।

उनले भनिन्, ‘सूचना र प्रविधिको विकासका लागि सरकार आवश्यक कानुनी, नीतिगत र संरचनात्मक विकासमा जुटेको छ । सूचना र प्रविधि क्षेत्रमा विकासका प्रयोग बढाउन, नवीन प्रविधिलाई आत्मसाथ गर्दै आविष्कार र नवप्रवर्द्धनमा जोड दिनुपर्छ । हाम्रोमा सूचना र प्रविधि अघिअघि हामी र हाम्रा कानुन पछिपछि हाम्रो विडम्बना भएको छ । संसारमा विकास हुने नयाँ नयाँ प्रविधिलाई हामी आत्मसात् गरी नै रहन्छौँ ।’

मेलामा मुलुककै ठुलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी भएको छ: अधिकारी

एस पावर क्यान इन्फोटेकको २९ औं संस्करण आज बाट सुरु भएको छ । यो संस्करण माघ २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान)ले बिहीबार पत्रकार सम्मेलन गरेर इन्फोटेकका बारेमा जानकारी दिएको हो । भृकुटीमण्डपमा भएको मेला मुलुककै ठुलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी भएको क्यानका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरूबीच गहन छलफल हुनेछ,’ उनले भने । इन्फोटेकमा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिस्टम ‘कान्छी’ रोबोटको बेटा संस्करण सार्वजनिक गरिने क्यानले जनाएको छ ।

इन्फोटेकको टाइटल स्पोन्सर एस पावर बीपीई प्रालिले गरेको छ । यस्तै प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेशन फाउण्डेशन, डायमण्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फो डेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम प्रालि रहेका छन् । यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी), इन्सेसेन्ट रेन प्रालि, हिमकम/एनटेक र पीएनवई रहेका छन् ।

प्रदर्शनीको टिकेटिङ पार्टनरमा ईसेवा, इन्टरनेट पार्टनरमा डिश मिडिया प्रालि, इन्नोभेसन पार्टनरमा ए८रेस ग्राफ नेपाल प्रालि, इन्स्यारेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स प्रालि, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रालि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेशन पार्टनमा पाटन कलेज फर प्रोफेशनल स्टडिज(पीसीपीएस कलेज ) रहेका छन् ।

प्रदर्शनीलाई सफल रूपमा आयोजना हुन देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुबिसु लगायतका संस्थाले सहयोग गरेका छन् ।

मेलाको टिकेट इसेवामार्फत काट्‍ने सकिनेछ जसअन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *