‘क्यान इन्फोटेक’ मेलामा प्रविधिको बारेमा जानकारी लिन आउनेहरूको भीड (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं- सूचना प्रविधिको बृहत् प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२३’ मेलाको आज दोस्रो दिन भृकुटीमण्डपमा प्रविधिको बारेमा जानकारी लिन आउनेहरूको भीड लागेको छ ।

सूचना र प्रविधि परिवर्तनशील भएकाले पछिल्ला उत्पादन र सेवाको बारेमा मेलाको भ्रमण गर्नेहरूले अपग्रेड लिन सक्नेछन् ।

मेलामा भ्रमण गर्नेहरूले नयाँ प्रविधिको बारेमा जानकारी सँगै के किन्ने र कस्तो सामान किन्ने भन्नेमा पनि जानकारी लिन सक्नेछन् । यस्तै मेलामा नयाँ टेक्नोलोजी के आएको छ, हामी टेक्नोलाजीमा कहाँ पछाडि छौं, सफ्टवेयर र हार्डवेयर लगायतका सम्पूर्ण जानकारी लिन सकिने छ ।

क्यान इन्फोटेकमा नेपालमै विकास भएका एआई जेनेरेटिभ सिस्टमदेखि नेपाली समाजलाई उपयोगी हुने विभिन्न सेवा र उत्पादनको विशेष प्रदर्शनी गरिएको छ । त्यस्तै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको क्षेत्रमा प्रयोग भएका नयाँ प्रविधिलाई समेत समावेश गरी प्रदर्शनी गरिएको छ ।

प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने आयोजकले जनाएको छ ।

सूचना प्रविधि सम्बन्धी यो मेलामा १ सय ५० वटा स्टल राखिएको र २ लाख ५० हजारले अवलोकन गर्ने क्यानका अध्यक्ष रणजीत पोदारले बताए ।

क्यान इन्फोटेकको २९ औं संस्करण हिजो बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको थियो । यसको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । यो मेला २९ गते सोमबारसम्म हुने भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *