बारामा जङ्गली हात्तीको आक्रमण बाट एकको मृत्यु

No ads found for this position
No ads found for this position

रौतहट- बारा स्थित जङ्गली हात्तीको आक्रमण बाट एक जना पुरुषको मृत्यु भएको छ।

जङ्गली हात्तीको आक्रमण बाट कोल्हबी नगरपालिका वाड नं. ९ अडेम्बा बिर्ता घर भएका अन्दाजी ५०/५५ वर्षको पारस थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

आईतबार भैँसीको पाडा किन्न टाङगिया बस्ती गएर साँझ घर फर्किने क्रममा टाङिया बस्ती र सखुअवा टोलको बिचमा पर्ने जङ्गलमा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

मृतक थारुको शव पोस्टमार्टमको लागी राती नै प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरी कार्यालय कोल्हबिका प्रहरी निरीक्षक भोलामान सिङ अधिकारीले बताए।

पछिल्लो समय बारा र रौतहटको केही स्थानमा जङ्गली हात्तीले बस्तीमा पटक पटक उत्पात मच्चाउँदै आएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *