ज्ञानेन्द्र, शक्ति र रिजनले पास गरे आईसीसीको लेभल- २ कोचिङ कोर्स

No ads found for this position
No ads found for this position

काठमाडौँ- नेपालका पुर्व क्रिकेट कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजनाले आईसीसीको लेभल- २ कोचिङ कोर्स पास गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्राजुले आईसीसीको लेभल- २ को कोचिङ कोर्स उत्तीर्ण गरेका हुन् ।

सिंगापुरमा सम्पन्न कोचिङ कोर्समा ज्ञानेन्द्र शिर्ष स्थानमा रहेका थिए भने शक्ति दोस्रो र रिजन तेस्रो भएको क्यानले जनाएको छ ।

आईसीसीको लेभल- २ तहको कोचिङ कोर्स उत्तीर्ण गरेपछि अब तीनै जनाले स्थानीय, जिल्ला र प्रदेशस्तरको तथा जुनियर तहका क्रिकेट खेलाडीलाई कोचिङ गर्न सक्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *