गायिका भट्टराईलाई जुरी सम्मान
No ads found for this position
No ads found for this position
काठमाडौं – काठमाडौंको बनस्थली बस्दै आएकी लोकप्रिय गायिका गीता भट्टराई लोक दोहोरी, लोक पप तथा आधुनिक गीत–संगीत क्षेत्रमा चर्चित नाम हो । गायन कौशल राम्रो भएकै कारण विभिन्न पुरस्कारबाट पुरस्कृत हुँदै आएकी भट्टराई शनिबार राजधानीमा रोयल मुभिज प्रालि र सिन्धुपाल्चोक सेवा समाजको संयुक्त आयोजनामा ज्योति फिल्मस् म्युजिक अवार्ड २०८० को पाँचौ संस्करणमा ‘जुरी’ सम्मान आफ्नो पोल्टामा पार्न सफल भएकी छन् भने उनि सगै अर्जुन पाण्डे,राजु शर्मा, राकेश सोनी ,उत्साह घिमिरेले पनि जुरी सम्मान पाएका थिए । त्यसो त उनले ‘सहयात्रा तीज म्युजिक अवार्ड २०७५’मा सर्वोत्कृष्ट अवार्ड, ‘मेलोडी म्युजिक अवार्ड २०७७’मा सर्वोत्कृष्ट गायिका, ‘हिमालयन इन्टरनेशनल नेपाली म्युजिक अवार्ड २०७८’मा सम्मान, ‘स्टार इन्टरनेशल अवार्ड २०७८’मा उत्कृष्ट अवार्ड, ‘तेस्रो एपिक म्युजिक अवार्ड २०७८’ लगायत दर्जनौ अवार्ड, सम्मानबाट सम्मानित भइसकेकी छन् । उनका ‘बिहे गर्ने भन्दाभन्दै जोवन ढल्क्यो’, ‘चन्द्रागिरि घुम्न जाँदा’, ‘स्विट्जरल्यान्ड घुम्न जाँदा’, ‘माया जालमा परें’, ‘रेलको साँचो रेलैले भाँच्यो’, ‘भुल्न गाह्रो भो’, ‘ए ठूले’, ‘नक्कलीले खायो मेरो देश आदि गीत चर्चामा छन् । देश तथा विदेशमा हुने विभिन्न सांगीतिक कार्यक्रममा माग हुने मध्यमा गायिका भट्टराई पनि पहिलो रोजाईमा पर्ने गर्छिन ।
प्रतिक्रिया