राजेन्द्रविक्रम बानियाँलाई नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्यवाहक सभापतिको जिम्मेवारी
No ads found for this position
No ads found for this position
काठमाडौँ-नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्यसमितिको कार्यवाहक सभापतिको जिम्मेवारी सो पार्टीका उपसभापति राजेन्द्रविक्रम बानियाँलाई दिइएको छ ।
सो पार्टीका नगर सभापतिसमेत रहेका चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले उपसभापति बानियाँलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।
गत माघ १५ गतेबाट लागु हुने गरी बानियाँले कार्यवहाक नगर सभापतिको जिम्मेवारी पाएको बताइएको छ।
कार्यव्यस्तताको कारण पार्टीको विधान २०१७ को परिच्छेद ३ को दफा ५ को उपदफा ङ को अधिकार प्रयोग गरि नगरसभापति गिरीले सभापतिले गर्ने काम कारबाहीको जिम्मेवारी बानियाँलाई दिएका हुन् ।
प्रतिक्रिया