धरानबाट भोजपुर आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

No ads found for this position
No ads found for this position

भोजपुर- धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । धरानबाट भोजपुर आउँदै गरेको बोलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो ।

बोलेरोमा १४ जना सवार थिए । दुर्घटनामा ६ जनाको मृत्यु भएको खवर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए ।

मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन । घटनास्थलमा उद्धारको कार्यभइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए । स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *