कुकुरसँग हाम्रा छोराछोरी खाते भएर बस्न सक्दैनन्, हामी उद्धार गछौंः केपी ओली (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- कुकुरसँग हाम्रा छोराछोरी खाते भएर बस्न नसक्ने र त्यसको लागि नेकपा एमाले उद्धार गर्ने केपी ओलीले बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले यस्तो बताएका हुन् । उनले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहबारे पनि टिप्पणी गरेका छन् ।

बुधबार राजधानीमा भएको एउटा कार्यक्रममा ओलीले असफल भएपछि मानिस कसरी पतन हुन्छन् भन्दै सिंहलाई सम्झिए ।

‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । तपाईंहरुले पनि चिन्नु हुन्छ होला, मोहन विक्रम सिंह नाम हो उहाँको’ ओलीले भने, ‘अहिले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको ।’

उनले अगाडि भने, ‘कांग्रेस बाहिर रह्यो सरकारबाट, कांग्रेस आएको भए मेरो श्रीमतीलाई राष्ट्रियसभाबाट मनोनित गरेर पठाउँथ्यो होला । सम्झिन्छन्, फेरि ग्वाँ ग्वाँ रुन्छन् ।’

नेपाली कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धन रहेका बेला सिंहकी पत्नीसमेत रहेकी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रियसभामा मनोनित गर्ने सहमति भएको थियो ।

जीवनभर कम्युनिस्ट भनेको केका लागि रहेछ भनेर बुढेसकालमा पर्दाफास भएको ओलीले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *