कोशीमा सरकार परिवर्तनको माग गर्दै कांग्रेस सांसद ओली निवास बालकोटमा

No ads found for this position
No ads found for this position

काठमाडौं- मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार परिवर्तन गर्न कोशी प्रदेशमा नेपाली कांग्रेसकै प्रदेश सभा सदस्यहरू लागि परेका छन् ।

मोरङ-५ (१) बाट निर्वाचित कांग्रेसका अमृत अर्याल सरकार परिवर्तन लागेका छन्।

अर्याल बुधबार साँझ एमाले अध्यक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।

अर्यालले केदार कार्की नेतृत्वको सरकार वैधानिक नहुने र नयाँ सरकार बनाउनु पर्ने ओली समक्ष बताएका थिए ।

उनले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोग गरिदिन अध्यक्ष ओली समक्ष अनुरोध गरेका गरे । भेटमा तत्काल केदार कार्की नेतृत्वको बहिर्गमन हुनु पर्ने बताएका छन् । अर्यालको अनुरोधमा अध्यक्ष ओलीले हेरौला भन्ने बचन दिएको स्रोतले बताएको छ ।

ओलीसँग भेट सकारात्मक कुरा भएको बताइको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *