प्रचण्डले ओलीसँग छलफल गर्ने, समाजवादी मोर्चामा एमालेलाई पनि ल्याइने

No ads found for this position
No ads found for this position

काठमाडौं- शुक्रबार बालुवाटारमा बसेको ४ दल सम्मिलित समाजवादी मोर्चाको बैठकले गठबन्धन परिवर्तन भएपछिको अवस्थाबारे छलफल भएको छ।

बैठकले गठबन्धन थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गरेको छ। मोर्चामा एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेबारे निर्णय भएको छ।

‘मोर्चामा एमालेलाई पनि भित्र्याउन अध्यक्ष केपी ओलीसँग छलफल गर्नको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डज्यूलाई जिम्मा दिइएको छ। उहाँसहित अन्य शीर्ष नेताहरूले एमालेसँग छलफल गरेपछि निष्कर्षमा पुग्छ।’ एक नेताले भने ।

मोर्चाले सरकारलाई प्रभावकारी बनाउन सुझाव दिँदै भ्रष्टाचार, अनियमितता, लघुवित्त र सहकारी ठगीलगायतका विकृतिहरू रोक्नको लागि आवश्यक कदम चाल्नेबारे छलफल उनले बताए ।

मोर्चाको आगामी कार्यक्रमहरू केही दिनमा ठोस गरेर लैजाने सहमति भएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *