शनिबार कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।

अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा र बिक्रीदर ८ रूपैयाँ ८३ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १८ रूपैयाँ ५१ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६७ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ६२ पैसा रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय