सदनमा अलपत्र केही छैन, अब काम तीव्र रूपमा अघि बढ्छ: सभामुख घिमिरे (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- अन्तर-व्यवस्थापिका संघ को १४८औं महासभामा भाग लिएर सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वदेश फर्किएको छ ।

घिमिरेले अन्तर व्यवस्थापिका सङ्घको सभामा नेपालको तर्फबाट विश्वमा देखा परेका भौगोलिक, क्षेत्रीय द्वन्द्व र शान्तिमा देखापरेका समस्याका बारेमा कुरा उठाएको बताए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् । उनले सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको बताए ।

सभामुख घिमिरेले अब संसदीय गतिविधिहरू तीव्र रूपमा अघि बढ्ने बताए । सदनमा अलपत्र केहि नभएको र हिजो पनि सदन रोकिने र चल्ने भइरहेको थियो अब छलफल बाट अघि बढ्ने उनले बताए । उनले संसदीय गतिविधि संसदीय समितिमार्फत पनि अघि बढिरहेको बताए ।

थप जानकारीको लागि तलको भिडियो हेन्नुस्-



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *