आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित
No ads found for this position
No ads found for this position
काठमाठौं- नेपाल ‘ए’ आयरल्यान्ड ‘ए सँग २१ रनले पराजित भएको छ । पहिलो टी-२० अभ्यास खेलमा नेपाल २१ रनले पराजित हो।
आयरल्यान्ड ‘ए’ ले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा समेटिएको थियो ।
नेपालका लागि लोकेश बमले आक्रामक सतक प्रहार गर्दै ५६ रनमा १ सय ६ रन बनाएर आउट भएका थिए ।
लोकेश र आरिफ शेखले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए । आरिफ ४९ रनमा आउट भए ।
यस्तै कप्तान विनोद भण्डारीले १७ बनाएका थिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
प्रतिक्रिया