इलाम र बझाङमा उम्मेदवारको टुंगो लगाउन कांग्रेस बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- आगामी वैशाख १५ गते हुने इलाम र बझाङको निर्वाचनमा पार्टीबाट उम्मेदवारको टुंगो लगाउ आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ ।

बैठकले वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभा र बझाङ- १ प्रदेशसभाको उपनिर्वाचनमा पार्टीबाट उम्मेदवार कसलाइ बनाउने भनि टुंगो लगाउने छ ।

प्रतिनिधिसभाको लागि इलाम-२ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *