नागरिक उन्मुक्तिमा लफडा: गण्डकी र बागमतीका अध्यक्ष पार्टीबाट निष्कासित

No ads found for this position
No ads found for this position

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सोमबार पार्टी कार्यालयमा कुटपिटमा उत्रिएका दुई जना प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्।

एक विज्ञप्ति जारी गर्दै गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाहीस्वरुप पार्टीबाट निष्कासित गरेकी हुन्।

उनीहरु दुवैलाई पदमुक्त गर्दै पार्टीको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको हो।

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्कासन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी पत्रमा उल्लेख छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *