प्रहरीमा अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य गर्नुपर्छ: गृहमन्त्री लामिछाने

No ads found for this position
No ads found for this position

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीको बढुवा योग्यतामा आधारित स्वचालित प्रणालीमा हुने गरी कानुनी व्यवस्थाको प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।

बिहीबार सशस्त्र प्रहरी चौथो संशोधन नियमावली-२०८० र प्रहरी कर्मचारीको समायोजन प्रक्रिया र वर्तमान अवस्थाबारे भएको छलफलमा गृहमन्त्री लामिछानेले यस्तो निर्देशन दिएका हुन्।

गृहमन्त्री भने, ‘हामी कसैलाई अन्याय गर्न हस्ताक्षर गर्दा रहेछौं भन्ने बढुवा नै पिच्छेका प्रतिक्रियाले प्रष्ट भएको छ। जतिसक्दो छिटो योग्यतामा आधारित स्वचालित प्रणालीमा जान सक्छौं। त्यति छिटो आफूलाई अन्याय भयो भन्ने संगठनका सदस्यको गुनासो अन्त्य हुन्छ र प्रहरीप्रतिको विश्वसनीयता पनि बढ्छ।’

उनले कसरी जनस्तरमा विश्वासिलो भइन्छ र कसरी संगठनका हरेक सदस्यलाई न्याय हुन्छ त्यसबारे अध्ययन गरेर प्रस्ताव ल्याउ निर्देशन दिए।

उनले भने, ‘अरुले वहालमा रहँदा के गर्नुभयो त्यता फर्किन्न। म चाहिँ आफू कार्यरत रहँदा विधि र प्रणालीमा जोड दिन्छु। त्यो भनेको कानुनमै स्पष्ट उल्लेख गर्नु हो। अनुहार हेरेर बढुवा गर्ने विद्यमान अभ्यासको अन्त्य अनिवार्य छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *