गणतन्त्र खरोजीको माग गर्दै राप्रपाले आज ३ हजार भुपु सैनिकलाई सडकमा उतार्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भुतपुर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको छ ।

गणतन्त्र खरोजी र राजसंस्था पुनस्थापनको एजेन्डासहित आन्दोलनरत राप्रपाले आज ३ हजार भुतपुर्व सैनिकहरुलाई सडकमा उतार्ने भएको हो ।

भुपु सैनिकको मार्चपास भृकुटीमण्डपबाट ११ बजे सुरु हुने छ । भुपु सैनिकहरु दौरासुरुवाल र ढाका टोपी लगाएर मार्चपासमा उत्रिनेछन् ।

मार्चपास भृकुटीमण्डपबाट सुन्धारा, रत्नपार्क, पुतलीसडक हुँद पद्मोदय स्कुल अगाडि सभामा परिणत हुने छ । सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्वोधन गर्नेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *