गण्डकीमा मुख्यमन्त्री अधिकारीसहित मनाङे र चुमानले लिए शपथ

मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध कांग्रेस अदालत जाने

No ads found for this position
No ads found for this position
  • काठमाडौं- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख डिल्लीराज भट्टबाटआइतबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

कूल ६० सदस्यीय रहेको प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ ।

एमालेका २२, नेपाल माओवादी केन्द्रका ८ (सभामुखसहित) र एक स्वतन्त्र (दीपक मनाङे) गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्री बनेका हुन् ।

नेपाली कांग्रेसले भने सभामुखसहितको हस्ताक्षरमा बहुमत जुटाइएको भन्दै मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध अदालत जाने तयारीमा छ ।

भट्टसहित माओवादी केन्द्रका हरिबहादुर चुमान र राजीव गुरुङ (दीपक मनाङे) ले पनि शपथ लिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *