०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौं: स्वर्णिम वाग्ले

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए ।

उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफूहरूको माग रहेको उनले बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

अब संसद्को अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *