उपनिर्वाचन: विद्यालय ३ दिन बन्द हुने, बैशाख २ देखि मदिरा बिक्रीमा रोक

No ads found for this position
No ads found for this position

काठमाडौं- निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचन क्षेत्रमा ३ दिन विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

उपनिर्वाचन हुन इलम-२ र बझाङको १(१) मा बैशाख १३ देखि १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरुको उपयोग गर्नु पर्ने भएकोले बिदा दिन सिफारिस गरेको जनाएको छ ।

साथै आयोगले उपनिर्वाचन हुने क्षेत्रमा बैशाख २ गते देखि नै मत गणना सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्रीवितरण रोक्न समेत सरकारलाई आग्रह गरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *