गृहमन्त्रीले आरोपबाट चोखिनु पर्नेमा जबरजस्ति गर्नु केहि बदमासी छ: नेकपा एस

No ads found for this position
No ads found for this position

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै पाण्डेले आरोप लागेको मन्त्रीले आफु बाहिर हटेर आरोपबाट चोखिनु पर्नेमा जबरजस्ति गर्नुमा केहि बदमासी छ भनेर शंका गर्ने ठाउ रहेको बताए ।

उनले गृहमन्त्रीले आफुलाई चोखो ठान्छन भने पछि हट्नुपर्ने टिप्पणी गरेका छन् ।

मंगलबारको बैठकमा कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता बारे संसदीय समितिको माग पुरा नभएसम्म संसद चल्न नदिने अडान राखेपछि बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *