२४ सयले बढ्यो सुनको मूल्य
No ads found for this position
No ads found for this position
काठमाडौं- शुक्रबार सुनको मूल्यले नयाँ फेरि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको हो।
छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया