केही सहकारी मान्छेलाई ठगी खाने ठाउँ बनेका छन् : ओली
No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सहकारी मान्छेलाई ठग्ने ठाउँ बनेको टिप्पणी गरेका छन् ।
एमाले झापा जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै गैरसरकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको बताए ।
उनले भने, ‘कतिपय सहकारी ठीकै चलेका छन्, केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ । केही गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर बदनाम गरेर ठगेका छन् ।
लाखौं मान्छेहरु लुटिएका छन् । अर्बौं लुटेका छन् । त्यो समस्याबाट मुख्य गराएर सहकारीलाई प्रभावकारी माध्यम बनाउनुपर्छ ।
विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रविधिको प्रयोग ल्याउनुपर्छ । त्यसका लागि हाम्रो पार्टीका सबै तहका नेताहरुले अगुवाइ गर्नुपर्छ ।’
प्रतिक्रिया