काभ्रेमा बस र सुमो ठोकिँदा ७ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिकामा बस र सुमो ठोकिँदा चालकसहित ७ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार भकुण्डेबाट धुलिखेल आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना १ ज ४३७७ नम्बरको सुमो आज ११ बजेतिर एकआपसमा ठोक्किएका हुन्।

घाइतेको विवरण

विशेश्वर मगर- चालक (धनुषाको यज्ञभूमि नगरपालिका ८ बस्ने वर्ष ५५)

रासुदेवी महरा- महोत्तरी बर्दिबास बस्ने वर्ष ५२

सुमीन्द्र देवी- महोत्तरी बर्दिबास बस्ने वर्ष ४८

दुर्गा बराइली- महोतरी ३ बस्ने वर्ष ३९

सबिना थपलिया- सर्लाहीको लालबन्दी बस्ने वर्ष ३५

सन्हया थपलिया- सर्लाही लालबन्दी बस्ने वर्ष ८

सुमन विक- महोत्तरी ३ बस्ने वर्ष ३४

घाइते भएका सबै जना सुमोमा सवार थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *