तरुण दल अध्यक्ष आज इलाम जाँदै

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ आज इलाम जाने भएका छन् ।

वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यक्रममा सहभागी हुन उनि इलाम जान लागेका हुन् । इलाम- २ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्काले उम्मेदवार दिएका छन् ।

अध्यक्ष गुरुङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई अत्यधिक मतले जिताउन जिल्लाको तरुण टोलिको भेलालाई सम्बोधन गरि निर्देशन दिने कार्यक्रम रहेको छ ।

इलाममा डम्बर खड्कालाइ जिताउन नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई पार्टी कमाण्डर बनाएर पठाएको छ। उनि सँगै अर्का महामन्त्री गगन थापा लगायत शिर्स नेताहरु इलामको चुनावी प्रचारमा गइ सकेका छन् ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते भएको निधनपछि यो क्षेत्र खाली थियो । खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्वाङसँग १ सय १४ मतले पराजित भएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *