सन्दीप लामिछानेको पुनरावेदन निवेदनमा आज सुनुवाइ हुँदै
No ads found for this position
No ads found for this position
काठमाडौं- क्रिकेट सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ ।
जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।
वैशाख ३ गते न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर- २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन र जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पेश गर्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ । लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
प्रतिक्रिया