कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु, २० जना घाइते

No ads found for this position
No ads found for this position

कोलम्बो- श्रीलंकामा भएको कार रेस दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ ।

मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

श्रीलंकामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ । सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *