प्रचण्डको सत्ता लिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै छ: बाबुराम भट्टराई

'मैले गरेको सहयोगको बदलामा प्रचण्डले अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत देखाए'

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो निर्वाचन क्षेत्र गोरखा-२ छाड्नु आफ्नो गल्ती भएको स्विकारेका छन् । गृह जिल्ला गोरखामा पुगेर भट्टराईले जनसेवामा समर्पित इमानदार मान्छेले त्यसलाई स्विकारेर सच्याउन हिचकिचाउनु नहुने तर्क गरेका छन्।

प्रचण्डले देश र जनताका आकाङ्क्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौंका अतुलनीय त्याग र बलिदानलाई उनको सत्ता स्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुङ्ग्याउनु सट्टा खेलबाड गरिरहेको भट्टराईले बताए।

अध्यक्ष भट्टराईले भने , ‘जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’

उनले निर्वाचन यता मुख्यतः प्रचण्डको सत्ता लिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोप लगाए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *