तरुण दल भवन निर्माणका लागि महिला केन्द्रीय सदस्यहरूले दिए ६ लाख नगद

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलको भवन निर्माणका लागि तरुण दलका केन्द्रीय सदस्यहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।

काठमाडौंको रविभवनमा नयाँ भवन निर्माण गर्ने निर्णय गरेपछि तरुण दल केन्द्रीय सदस्यहरुले नगद सहयोग गरेका हुन् । तरुण दलको यहि चैत १५ र १६ गते बसेको बैठकले भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

बिहीबार मात्रै ६ लाख रुपैयाँ नगद सहयोग संकलन भएको तरुण दलले जनाएको छ । तरुण दल केन्द्रीय सदस्यहरु विन्दिया कार्की, मुना भुसाल, पुनम भट्टराई, स्मिता मोक्तान तामाङ, आस्था बिन्दु मल्ल र दुर्गा लामिछानेले जनही एक-एक लाख रुपैयाँ नगद सहयोग गरेको तरुण दल अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तरुण दलको अहिलेको भवन जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न लागेको हो । तरुण दलका मुख्य सचिव ठान प्रसाद पोखरेलका अनुसार केन्द्रीय सदस्यहरुबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।

चार सय केन्द्रीय सदस्य रहेको तरुणले आफ्नै स्रोतबाट भवन निर्माण गर्ने भएको हो । तरुण दल केन्द्रीय सदस्य दिपेन्द्र पोखरेलका अनुसार बैशाख १३ गतेसम्म ५८ लाख १७ हजार बढि रुपैयाँ संकलन भइसकेको छ ।

पोखरेलका अनुसार भवन निर्माण कार्य यहि जेठको अन्तिम साता बाट सुरु हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *