विश्वको सबैभन्दा प्रदूषित सहरमा काठमाडौं, वायु प्रदूषण १९४ एक्यूआइ मापन

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ ।

एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । शुक्रबार १९४ एक्यूआइसहित काठमाडौं शिर्ष स्थानमा रहेको छ । यो स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।

त्यस्तै दोस्रो स्थानमा पाकिस्तानको लाहोर शहर रहेको छ । लाहोर १८६ एक्यूआईसहित दोस्रो स्थानमा छ भने भारतको दिल्ली १७३ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौं उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *