‘डार्क फाईल’ स्टिङ अपरेशनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ: जनार्दन शर्मा
No ads found for this position
No ads found for this position
काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै शर्माले छानबिन विनानै कुनै संस्था या ब्यक्तिको मानमर्दन गर्नु नहुने बताएका हुन् ।
उनले भनेका छन्-
सिधा कुरा डटकम अनलाइनमा प्रसारणमा आयका ‘डार्क फाईल’ समाचारले निकै चर्चा पायो। यस्ता खालका स्टिङ अपरेशनको सत्य तथ्य छानबिन गरी सत्य कुरा जनता सामु ल्याउन जरुरी छ । छानबिन विनानै कुनै संस्था / ब्यक्तिको मानमर्दन गर्नु हुँदैन । यस बिषयमा अन्य प्रमुख समाचार गृहले पाठ सिक्दा राम्रो होला कि ?
प्रतिक्रिया