सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
No ads found for this position
No ads found for this position
काठमाडौं- सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गर्ने कार्यक्रम रहेको छ ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ ।
सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा- ९५ बमोजिम आज राष्ट्रपति पौडेलले संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया