सन्दीप लामिछानेको उच्च अदालतमा बहस जारी

No ads found for this position
No ads found for this position

काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस जारी छ ।

उक्त मुद्दाको न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो ।

सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको छ ।

सरकारी पक्षका दुई जना वकिलले बहस गरिसकेका छन् । त्यसपछि सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण सापकोटा, मुरारी सापकोटा र शम्भु थापाले पनि बहस सिध्याएका छन् ।

अब वरिष्ठ अधिवक्ता रामनारायण बिडारी र सविता भण्डारीले बहस गर्ने छन् ।

सन्दीप पक्षको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्ने त्यसपछि न्यायाधीशले फैसला सुनाउने बताइएको छ ।

स्रोतका अनुसार आजै फैसला आउन सक्ने सम्भावना पनि छ । यदि आज बहस नसकिए मुद्दालाई हेर्दा हेर्दैमा राखेर भोलि यही इजलासमा सुनुवाइ हुनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *