सरकारको नीति तथा कार्यक्रम

No ads found for this position
No ads found for this position

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष कृषि दशक घोषणा गर्ने भएको छ ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आउदो आर्थिक बर्षलाई कृषि लगानी दशक घोषणा गरिने बताएका हुन् ।

उनले भने-कृषि पशुपन्छिपालन र वनको अन्तरसम्बन्धन स्पष्ट हुने गरी भूउपयोगको आधारमा कृषि प्रणालीको विकास गरिनेछ ।

आर्थिक वर्ष ०८१/०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरिनेछ । साथै आउँदो आर्थिक वर्षभित्र देशभर रहेका गरिब घर परिवार पहिचान कार्य सम्पन्न गर्ने बताएको छ ।

राष्ट्रपति पौडेलले भने गरिब लक्षित कार्यक्रम एकीकृत रूपले सञ्चालन गर्ने पहिचान भइएका गरिबको स्थानीय तहबाट निःशुल्क स्वास्थ्य बिमा गरिने, गरिबको स्थानीय बिमा गरिने तथा विद्यूतीय चुलो, ट्युवेललगायत सामग्री उपलब्ध गराइनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *