गरिबले सहकारीमा जम्मा गरेको पैसा खाएर सत्तामा रमाउँदै छन् गृहमन्त्री लामिछाने: अध्यक्ष गुरुङ

No ads found for this position
No ads found for this position
काठमाडौं– नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुल दलले सहकारी पीडितको न्यायको लागि काठमाडौंमा वृहत् र्‍याली निकालेको छ ।
साथै सहकारीको ठगीको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने माथि लागेका आरोप स्पष्ट पार्न छानबिन समिति बनाउन नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले आग्रह गरेको छ ।
बुधवार र्‍यालीलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र गृहमन्त्री एकै हुन् वा फरक हुन् ? छानबिन समितिमार्फत जनतालाई बुझाउनुपर्ने बताएका छन् ।
उनी भन्छन्, ‘रवि लामिछाने, गृहमन्त्री रवि लामिछाने र जीवी राईको पार्टनर रवि लामिछाने एउटै मान्छे हो वा फरक हो ?’
बिहान बेलुका छाक टार्ने पैसा सहकारीमा जम्मा गरेको व्यक्तिहरूको बिचल्ली बनाएर गृहमन्त्रीले सत्ताको आनन्दमा रमाएको अध्यक्ष गुरुङको आरोप छ ।
साथै, आजको र्‍याली साङ्केतिक विरोध मात्रै भएको बताए । सहकारी पीडितले न्याय नपाए त्यसपछि उत्पन्न हुने परिणामको भागिदार स्वयम् नेपाल सरकार हुने चेतावनी समेत दिएका छन् ।
अध्यक्ष गुरुङले नेपाल प्रहरी भित्र भइरहेको सरुवा-बढुवा प्रति पनि असन्तुष्टि जनाए । समय नै नपुगी प्रहरी अधिकृतहरूको सरुवा बढुवाले मनोबल गिर्ने कुरा बताए ।
छिट्टै छानबिन समिति नबने तरुण दल अझ सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक घोषणासमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *