रोशन लाई गरे अधिकारीले अनुबन्धित

No ads found for this position
No ads found for this position

काठमाडौं- ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको फिल्म ‘कोतपर्व’को मुख्य भूमिकामा अभिनेता रोषन श्रेष्ठ
लाई निर्देशक रिमेश अधिकारीले अनुबन्धित गरेका छन्।

फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार निर्माण कम्पनी र अभिनेता श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी माघ देखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा रोषनको पात्रबारे खुलाइएको छैन् ।

निर्देशक अधिकारीका अनुसार यो अगाडि नै सौगात मल्ल, रमेश उप्रेती र बेनिशा हमाल अनुबन्ध भइ सकेका छन् भने अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी रहेको छ ।

भर्खरै मात्र रास्ट्र भक्ती फिल्म यो मन त मेरो निर्माण गर्दै मुख्य भुमिका निर्वाहा गरेका रोषन श्रेष्ठ ले यो भन्दा अगाडी दर्जनौं चलचित्र मा अभिनय गरि सकेका कालाकार हुन् ।

रोषन लाई प्रफेक्ट सुहाउँदो एक मुख्य पात्र भएकोले र रोषन एक कुसल कलाकार समेत रहेकाले कोत पर्वको एक मुख्य भुमिकामा लिएको निर्देशक अधिकारीले बताए।

चलचित्र कोत पर्व लाई हिन्दी तथा चाइनिज भाषा मा समेत डबिङ गरि विश्व भर एक साथ रिलिज गरिने तथा सम्पूर्ण पोस्ट्प्रोडक्सनको काम मुम्बई मा गरिने पनि अधिकारीले बताए ।

कोत पर्व नेपाल कै दोस्रो ठूलो हत्या काण्ड हो । त्यही घटनालाइ जस्ताको त्यस्तै चलचित्रमा उतारिने छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *