संसदमा कांग्रेसले अवरुद्ध गरिरहेका बेला प्रचण्डले विश्वासको मत लिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा चौथो पटक विश्वासको मत लिने भएका छन्।

प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले अवरुद्ध गरिरहेका बेला प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका हुन्।

गत वैशाख २३ गते जनता समाजवादी पार्टी नेपाल जसपा विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतका लागि प्रधानमन्त्रीको सचिवालयले संसद् सचिवालयलाई पत्र पठाइसकेको छ। सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *