संसद बैठक बस्दै नबसी स्थगित, कांग्रेसको अडान कायमै

No ads found for this position
No ads found for this position

काठमाडौं- आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठकप्रतिनिधि सभाको बैठक बस्दै नबसी स्ठगित भएको छ। अर्को बैठक आइतबार बिहान ११ बजेसम्म बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।

सहकारी प्रकरणमा दलहरुबीच कुरा नमिल्दा आज ११ बजे बोलाइएको बैठक बस्न सकेन।

हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेल भएपछि संसदको बैठक स्थगित गरिएको थियो।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटमलाइन बनाएको छ । तर, सहकारी प्रकरणमा समिति गठन हुने विषयमा सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ ।

सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई छलफलको लागि आज बेलुका बालुवाटार बोलाएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *