प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाए

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोधबारे नेपाली कांग्रेसका नेताहरुसँग छलफल गर्न अहिले बिहान साढे ८ बजे बालुवाटारमा बोलाएका छन् ।

कांग्रेस नेताहरुलाई हिजो साँझ ६ बजे बोलाइएको भएपनि प्रधानमन्त्री दाँतको चेकजाँचका लागि वीर अस्पताल गएकाकारण भेटघाट स्थगित भएको थियो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित संसद् अवरोध गर्दै आएको छ।

बिहीबार प्रतिनिधिसभामा भएको सत्तापक्ष र विपक्षको धकेलाधेकलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सहज बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमति खोज्न प्रधानमन्त्रीले संवाद र छलफललाई पुनः अघि बढाएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *