एमाले भक्तपुरको अध्यक्षमा महेश बस्नेत समर्थक श्रेष्ठलाई हराउँदै देउजा पुन: निर्वाचित

No ads found for this position
No ads found for this position

भक्तपुर- नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा पुन: निर्वाचित भएका छन् ।

९औं जिल्ला अधिवेशनवाट देउजा पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।

देउजाले २९० मत प्राप्त गरे । उनका प्रतिद्वन्दी मोहनवीर श्रेष्ठ २०१ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई पुर्वमन्त्री महेश बस्नेतको समर्थन रहेको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा वासुदेव थापालाई हराउँदै किरण थापा निर्वाचित भएका छन् भने सचिवमा विष्णु तामाङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि भक्तपुरमा भने निर्वाचन प्रणालीवाट नेतृत्व चयन भएको हो । मतादानबाट १ सय पाँच जनाको कमिटी चयन भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *