दिपेन्द्र प्रसाद दहालको चोली चौबन्दी

No ads found for this position
No ads found for this position

काठमाडौं – लोक डेउडा गायन क्षेत्रका धरोहर बरिष्ठ लोक डेउडा गायक दिपेन्द्र प्रसाद दहालको आफ्नै शब्द, रचना र स्वरमा नयाँ लोक डेउडा गीत ‘चोली चौबन्दी भाग २’ सार्वजनिक भएको छ ।

कर्णप्रिय स्वरका धनि दिपेन्द्र प्रसाद दहाललाई चर्चित गायिका देवि घर्तिले स्वरमा साथ दिनुभएको छ भने कोरस गायनमा पविन्द्र सुनार, सुनिल नेपाली, रुपि सिञ्जाली मगर र प्रेम मगर रहनु भएको छ ।

गायक दिपेन्द्रको आफ्नै युटूव च्यानल जयकाली क्रियशनको प्रस्तुति रहेको उक्त गीतमा गायकका आफ्नै कान्छो छोरा बाल कलाकार श्रीजल दहाल र आरोही मल्लको मुख्य अभिनय रहेको छ । सत्यवती एकडेमी अत्तरिया कैलाली र गोलादेव फूटवयरको सहकार्यमा निर्माण गरिएको उक्त डेउडा गीतको दृश्य निर्माण खप्तड फिल्मस् छ्यान्कन अमृत उपाध्याय, निर्देशन भिम थापा, एरेन्ज कृष्ण बाजुराली, रेकर्डिङ द न्यु इरा रेकर्डिङ स्टुडियो अनामनगमा भएको हो ।

भिडियोमा श्रीजल दहाल र आरोही मल्लका साथै सत्यवती एकडेमी परिवारका छात्र, छात्राहरु डेउडा खेलमा सोही एकडेमीका प्रबन्धक बीर बहादुर कडायत, प्रिन्सिपल यशोदा ध्याडी कडायत एकडेमीका शिक्षक, शिक्षिकाहरु देखिएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *