विमानस्थल कब्जामा लिएर ओलीका धर्मपुत्रले सुन तस्करी गरिरहेका छन् : अध्यक्ष गुरुङ
काठमाडौं- नेपाली कांग्रसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको सुन तस्करीमा नेपाल नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीका धर्मपुत्र दीपक मलोत्राको पूर्ण हात रहेको ठोकुवा गरेका छन् ।
नेविसंघले आज आयोजना गरेको गिरिबन्धु प्रकरण र सहकारी ठगी विरुद्ध बृहत् प्रदर्शन कार्यक्रममा गुरुङले ओलीको आशीर्वाद लिएर बर्षौं देखि त्रिभुवन विमानस्थल लिजमा लिएर मलोत्राको पूर्ण जानकारीमा सुन तस्करी भइरहेको बताए ।
सहकारी प्रकरणमा ठग बचाउन केपी ओली लागेको र सदनमा कांग्रेस सांसदमाथि गरेको दुर्व्यवहार विरोध गर्दै फेरि यस्तो भएमा तरुण दलले सहेर नबस्ने उनले बताए ।
गृहमन्त्री रवि लामिछाने र रास्वपा अध्यक्ष रवि लामिछाने एउटै मान्छे हो कि होइन, भनी प्रश्न गर्दै उनले भने- यदि हो भने रास्वपा अध्यक्ष रवि लामिछानेलाई तत्काल पक्राउ गर्नुपर्छ ।
यस्तै उनले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पन्चा सिंहलाई पनि तत्ताका पक्राउ गर्न माग गरे । पन्चा विरुद्ध जाहेरी दर्ता हुँदा पनि पक्राउ नगरेकोमा यथा शीघ्र उनलाई फक्रिन गृहमन्त्रीसँग उनले माग गरे ।
गुरुङले बिहान बेलुकाको छाक टार्दै ५ सय र १ हजार सहकारीमा बचत गरी जीविकोपार्जन गरिरहेका नेपाली जनताको आज गृहमन्त्री रवि लामिछानेले बिल्लिबाठ बनाएको बताए ।
गिरिबन्धु टी प्रकरणको विषयमा तत्काल छानबिन समिति उनले माग गरे ।