कांग्रेसले भन्यो प्रतिनिधि सभामा सरकारले तानाशाही प्रबृत्ति देखायो

No ads found for this position
No ads found for this position

काठमाडौँ — कांग्रेसले प्रतिनिधि सभामा सरकारले बलमिच्याइँ र तानाशाही प्रबृत्ति देखाएको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधिसभामा अवरोधमाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको कार्यशैलीको समीक्षा गरेको हो ।

बैठकपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय मुल्य मान्यताको खिलाफमा गएको बताए ।

‘नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित छ ।

आज सभामुखले विपक्षीलाई बोल्न दिनुभएन । बहुमतको सत्ताक पक्षको दम्भ देखियो ।

सत्तापक्ष असहिष्णु भयो संदसीय मुल्यमन्त्यताको खिलाफमा उभियो’ प्रमुख सचेतक लेखकले भने,’हामी सरकारलाई लोकतन्त्रका मुल्यमान्यता विपरीत नजान चेतावनी दिन्छौं ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *