लोकतन्त्रको भद्दा मजाक भयो – गृहमन्त्री

No ads found for this position
No ads found for this position

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् ।

सोमबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधिअनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको बताए ।

उनले भने,‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने संवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो ।’

गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभइ विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्न तिर लाग्ने बताए । उनले संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने बताए ।

उनले सरकारले सहकारी पीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाए । उनले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने बताए ।

उनले भने, ‘संसदीय समिति गठन गर,सहकारी ठगलाई कारबाही गर म पनि भन्छु । सरकारले सहकारीपीडितहरुको न्यायको लागि द्रुत गतिमा काम गर्छ । प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर नाराबाजी गरिरहेको छ ।

उनले आफूले संसदमा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्क्याउने काम नगरेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *