कांग्रेसलाई निराधार आरोप लगाए गृहमन्त्रीलाई सदनबाट गलहत्याएर निकाल्छौं: बद्री पाण्डे (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि नगरे गृहमन्त्री रवि लामिछानेलाई सदनबाट गलहत्याउन निकाल्दिने चुनौंति दिएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए ।

उनले भने, ‘गृहमन्त्रीले हाम्रो पार्टी उपसभापति र महामन्त्रीमाथि जुन किसिमको लाञ्छना लगाउनुभयो म चुनौती दिन चाहन्छु, गृहमन्त्री र सरकारलाई कस्तो टीओआर बनाउनुपर्ने हो बनाउनुस् । हाम्रो उपसभापति र महामन्त्रीको नाम किटेरै टिओआर लेख्नुपर्ने हो कि कांग्रेसकै नाम लेख्नुपर्ने परेपनि लेख्नुस् । छानबिनको समय पनि तोक्नुस् र छानबिनको निचोड हाम्रो उपसभापति र महामन्त्री दोषी हुनुभयो भने कांग्रेसका कोकोलाई कारबाही गर्न सक्नुहुन्छ ।’

उनले गृहमन्त्रीले देशको सूचना बेच्ने एजेण्ट भनेको व्यक्ति देखाउन पनि चुनौती दिए ।

पाण्डेले भने, ‘उहाँले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो माननीय त्यो देखाउननुस् हामी गलहत्याउन तयार छौं, होइन तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने काममा चुक्ने छैनौं ।’

उनले गृहमन्त्रीले निराधार आरोप लगाएको रेडकबाट हटाउन समेत माग गरेका छन् ।

प्रधानमन्त्री र गृहमन्त्री माथि उनले के के भने ? तलको भिडियो हेर्नुस्



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *