पपुवा न्युगिनीमा पहिरो, १ सय भन्दा बढीको मृत्यु

No ads found for this position
No ads found for this position

काठमाडौं- पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १ सय भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।

अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १ सय जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।

पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय