एमाले नेताबाट महिलाहरू असुरक्षित छन्, गृहमन्त्रीले राजीनामा नदिए आन्दोलन हुन्छ: अध्यक्ष गुरुङ

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गृहमन्त्री रवि लामिछानेले राजीनामा नदिए चर्को आन्दोलन गर्ने बताएका छन् । आज नेपाल तरुण दल धुलिखेलको नगरपालिका कार्यसमिति विस्तार एवं जलपान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष गुरुङले भने, ‘देसलाई सङ्कट तिर धकेल्न वर्तमान सरकार तल्लीन रहेको छ । अब संसदीय छानबिन समिति मात्र हैन गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने छ । राजीनामा नदिए नेपाल तरुण दलले चर्को आन्दोलन गर्नेछ ।’

गुरुङले नेपाली जनतालाई भ्रमित पार्न र आफू विरुद्ध भएको मुद्दालाई ढाकछोप गर्न नेपाली काङ्ग्रेसको नेताहरूलाई विभिन्न लाञ्छना नलगाउन गृहमन्त्रीलाई चेतावनी दिँदै यदि दोषी देखिने प्रमाण भए कारबाही प्रक्रिया अघि बढाउन कुनै रोक नभएको बताए ।

देशको विभिन्न सहकारीमा नेकपा एमालेलेका नेताहरू रहेको र गिरिबन्धु टि स्टेट प्रकरणमा आफू मुछिने डरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाको अध्यक्ष रवि लामिछाने बिच अस्वाभाविक सम्झौता भएको उनले आरोप लगाए । यस्तै उनले एमालेका नेताहरूबाट महिला दिदिबहिनीहरु असुरक्षित रहेको बताउँदै एमाले नेताहरू बाट शोषित हुने महिलाहरूको उजुरी प्रहरीहरूले पनि नलिनु विडम्बना भएको बताए ।

उनले बिहान बेलुका छाक टार्दै सहकारीमा जम्मा गरेको पैसाले जीवन यापन गरिरहेका साना-साना व्यापारी, मजदुर, दैनिक ज्यालादारी व्यक्तिहरूलाई गृहमन्त्री लामिछानेले बिल्लिबाठ बनाएको बताए ।

आजको कार्यक्रमबाट तरुण दल धुलिखेलको नगरपालिका कार्यसमिति छिरिङ लामाको अध्यक्षमा १८ सदस्य कार्यसमिति विस्तार भएको छ ।

कार्यक्रममा नव विस्तारित नगर अध्यक्ष छिरिङ लामाले नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङलाई मायाको चिनो दिएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले बिस्तार भएको कार्यसमिति लाइ सफलताको कामना दिए ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *