कांग्रेसले लिखित रूपमा माफी नमागे प्रतिवादमा उत्रिने एमालेको चेतावनी (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले एमालेका अध्यक्षविरुद्ध लगाएको आधारहीन आरोप माफी माग्नुपर्ने बताएका छन्। प्रमुखदलका शिर्ष नेताहरुको बैठक सकिएपछि बालुवाटारमा उनले कांग्रेस सहमतिको पक्षमा नरहेको बताए।

उनले भने, ‘नेपाली कांग्रेसले अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ। एमाले विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौं। कांग्रेसले लिखित रूपमा सार्वजनिक रूपमा माफी माग्नु पर्छ।’

पछिल्लो समय कांग्रेस नेताहरुले सत्ता साझेदार सबैभन्दा ठूलो दल एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर प्रहार तीब्र बनाएका छन् ।

गिरीवन्धु टी- स्टेट प्रकरणलाई लिएर कांग्रेसले ओलीलाई आरोप लगाउँदै आएको छ ।

भिडियोमा हेर्नुस्

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *